काँग्रेसले सार्वजनिक गर्दै ओली सरकारका २१ असफलता !

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रमुख प्रतिपक्ष काँग्रेसले सरकारका २१ असफलता सार्वजनिक गर्न लागेको छ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन गरेको आज २१ महिना पुगेको अवसरमा काँग्रेसले सरकारका २१ असफलता सार्वजनिक गर्न लागेको हो । यो लेखाजोखा सहितको २१ असफलता तयार पार्न काग्रेसका २१ नेताहरु लागि परेका छन् ।

काँग्रेसका २१ नेताहरुले तयार पारेको २१ सरकारका असफलता (आज) मंगलबार) पार्टी कार्यालय सानेपामा सार्वजनकि गर्न लागेको हो । दिउँसो २ वजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ । निर्मला पन्त बलात्कारका घटना देखि सिमा समस्या सम्मका विषयमा सरकारले काम गर्न नसकेको र त्यो सरकारका २१ असफलता भित्र पारिएको काँग्रेसका एक नेताले वताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार