निर्मला हत्या’काण्ड : अनुसन्धानको घेरा साँघुरिँदै, दिलिपलाई पक्रने कसरत

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कञ्चनपुर – २०७५ साउन १० गते कन्चनपुरको उल्टाखामकी बालिका निर्मला पन्तको ब’ला’त्कारपछि ह’त्या भएको घटनामा शं’काको घेरामा रहेका दिलीपसिंह बिष्टलाई पक्राउ गर्ने संकेत देखिएको छ ।

उक्त घटनाले ठूलो रुप लिँदै अन्तराष्ट्रियकरण भएपछि सरकारमाथि पटकपटक दो’षी पत्ता लगाउन दबाव परेको थियो । यसअघि गृहमन्त्री राम बहादुर थापा बादलले निर्मला हत्या’का’ण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतिलाई नै बिस्थापित गर्दै नयाँ सूत्र लगाएर अनुसन्धान प्रकृया अगाडि बढाउन लागेको प्रतिबद्धता जाहेर गरेका थिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डी’एन’एलाई मात्र प्रमाण मान्न नसकिने ठहर गरेसँगै अनुसन्धानमा सहज हुने आशा व्यक्त गरेका छन् । यसअघि डी’एन’ए नमिलेको भन्दै कि’टा’नी जाहेरीमा परेर पनि दिलीपसिंह विष्ट उम्किन सफल भएका थिए ।

निर्मलाकी आमा दुर्गादेवीले विष्ट यसअघि पनि अपराधीक घटनामा संलग्न भएको र घटना भएको बेला उनी त्यही घटना’स्थल वरपर भएको र घटना ‘स्थल वरपरका स्थानीयले दिएको हु’लिया विष्टसंग मेल खाएको भन्दै दिलीपवि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा कि’टानी जाहेरी दिएकी थिइन्।

सी’आई’बीका एसपी गणेश चन्दलगायत जिल्लाको अनु’सन्धान टोलीले अनु’सन्धान गरिरहेको घटनाको अनु’सन्धानको दा’यरा साँघुरिँदै गएको र दुर्गादेवीले दिएको कि’टानी जाहेरीका आधारमा अनुसन्धानको सु’ई दिलीपतिरै सोझिएको प्रजिअ वैद्यको भनाइ छ।’अनु’सन्धानमा भेटिएका थप तथ्य सहित चाँडैनै अप’राधी’लाई सार्बजनिक गर्ने छाैं’- उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार