कम्युनिस्टले मुलुकमा राज्य आतंक मच्चाए : रामचन्द्र

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिदिम – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको सरकारले मुलुकमा राज्य आतंक मच्चाएको बताएका छन्। कांग्रेस चुनाव परिचालन समिति पाँचथरले सोमबार फिदिम बजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पौडेलले सरकारको रबैयाका कारण अर्थतन्त्रका सूचकहरु धरासायी भएको बताएका हुन्।

सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरे राज्य आतंक मच्चाएको बताए। संचार, स्वास्थ्य, शिक्षा र सुरक्षाको क्षेत्रमा सरकारले ठाडो हस्तक्षेप गरी आतंक मच्चाएको पौडेलले दाबी गरे। सम्बोधनको क्रममा पौडेलले कांग्रेसले मात्र देशको हितमा काम गर्न सक्ने प्रष्ट्याए।

‘निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसले मात्र दिन सक्छ,’ उनले भने ‘कम्युनिस्टहरुले जनताको अधिकारलाई कुन्ठित गरेर राज्य गर्छन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार