प्रधानमन्त्री ओलीको अभिव्यक्तिले भारतीय मिडियामा तरंग : लेखे ओलीले तेवर देखाई दिए

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ –  कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तरंग देखिएको छ ।

आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् ।
इन्डियन एक्सप्रेसले त ब्याक अफ इन्डिया लेखेको बोर्डसहित नेपाली भण्डा फहराएको तस्वीर पनि राखेको छ ।

इन्डियन एक्सप्रेसले ‘नक्सा विवाद : नेपालका प्रधानमन्त्रीले कालापानीमा गरे दाबी, भारतलाई फिर्ता हुन आग्रह’ शीर्षकमा समाचार छापेको छ ।

उसले भारतले नयाँ नक्सा जारी गरेपछि देखिएको विवादका सन्दर्भमा ओलीको यो पहिलो अभिव्यक्ति भएको उल्लेख गरेको छ ।

कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान आग्रह गरिएको समाचारमा उल्लेख छ ।
बीबीसी हिन्दीले ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले- ‘एक इंच भी ज़मीन नहीं मिलेगी’ शीर्षकमा समाचार छापेको छ ।

उक्त समाचारमा भनिएको छ:नेपालमा बढ्दो विरोध प्रदर्शनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार भनेका छन्, ‘कालापानी नेपाल, भारत र तीब्बतको त्रिदेशीय विन्दु हो, यहाँबाट भारतले तत्काल आफ्नो सैनिक हटाउनुपर्छ ।’

ओलीको अभिव्यक्ति भनेर उक्त कुरा कोट गरिएपनि नेपाल–भारत–चीन त्रिदेशीय विन्दु कालापानी नभएर लिम्पियाधुरा हो ।

कालापानी नेपालको सार्वभौम भूमि हो, लिपुलेक नेपाल र चीनबीचको सीमा नाका हो भने लिम्पियाधुरा त्रिदेशीय विन्दु हुनुपर्ने दाबी नेपाली पक्षको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार