शिक्षक सेवामा नाम निस्केपछि वडाध्यक्षबाट राजीनामा

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – जनताको सेवा गर्ने कसम खाएका सल्यानका एक जनप्रतिनिधिले अन्नतः शिक्षक सेवामा नाम निकालेपछि वडाध्यक्ष पद छाडेका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले स्थायी जागिरमा नाम निकालेपछि वडाध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा उत्तिर्ण भएका छन् । मुस्ताङबाट नाम निकालेका वडाध्यक्ष बुढामगर तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारसँग बराबरी मत ल्याएपछि गोलाप्रथाबाट विजयी घोषित भएका थिए ।

‘वडाध्यक्ष हुँदा न अधिकार थियो न सुविधा नै । जनताको लागि केही गर्न नसकिने भएपछि किन पदमा बसिरहनु ? स्थायी जागिरमा नाम निस्केपछि पद् छाड्ने निधो गरेँ’ उनले भने । बुधबार राजीनामा दिउपछि गाउँ कार्यपालिका बैठकले वडासदस्य वीरबहादुर खड्कालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार