प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सचिन

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– नेपालमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

सचिन प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार मध्याह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा सचिनले नेपालमा क्रिकेटको संभावनाका बारेमा पनि चर्चा गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डलमा जनाइएअनुसार सचिनले बालबालिकाको अधिकार र कल्याणका लागि नेपालले गरेको प्रयासका सम्बन्धमा समेच प्रसंशा गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)का सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए ।

सचिनले शनिबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट समेत खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार