
काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा भूमि अतिक्रमणविरुद्ध आइतबार दिउँसो विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘गो ब्याक इन्डिया र गो ब्याक चाइना’को नारासमेत लगाएका थिए ।

दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरेका थिए ।
माइघरमा नाराबाजीसहित दोस्रो पटक फन्को लगाउन थालेपछि प्रहरीले उनीहरुले रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरु मण्डलाको भित्रीभागमा केन्द्रित छ । केहीले प्रहरीमाथि ढुंगा प्रहार गर्न खोजेका थिए ।