भारतले मिचेको नेपाली भूमि नेकपाले मात्रै फिर्ता ल्याउन सक्छ : नारायणकाजी श्रेष्ठ

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भक्तपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले मिचेको नेपाली भूमि नेकपाले मात्रै फिर्ता ल्याउन सक्ने दाबी गरेका छन् । उपनिर्वाचनको प्रचारका क्रममा आइतबार बिहान भक्तपुर पुगेका श्रेष्ठले नेपालको कालापानी लगायत मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्ने दाबी गरेका हुन्।

सरकारले कालापानी, लिपुलेक ,लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको भन्दै उनले कुटनैतिक पहलबाट मिचिएको भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिर गरे। यही मंसिर १४ गते हुने उप निर्वाचनमा भक्तपुरको १(क) मा प्रदेशसभाका लागि निर्वाचन हुँदैछ। त्यस क्षेत्रका नेकपाका उम्मेदवार डिपी ढकालको चुनावी अभियानलाई सघाउन श्रेष्ठ भक्तपुरको झौखेल पुगेका उनले नेपालको स्वाधीन रक्षाका लागि नेकपाको विकल्प नभएको भनी आफ्ना उम्मेदवारलाई मत दिएर जिताउने आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार