प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस गरिएको छ।

शनिबार दिउँसो धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै शनिबार दिउँसो प्रधानमन्त्री ओलीको डायलासि सम्पन्न भएको र अहिले स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ।

साथै विज्ञप्तीमा उपचारपछि प्रधानमन्त्री शनिबार नै निवास फर्किने पनि उल्लेख गरिएको छ।

शनिबार अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह तथा युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ती निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीको दुई पटक होमोडायलासिस गरिएको थियो।

गत भदौमा ओलीले सिंगापुरमा प्लाज्मा फोरोसिस गरेर फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार