देउवालाई प्रश्न – ४ पटक प्रम हुँदा सीमा विवाद मतलब नगर्ने, अहिले चर्को रुपमा उठाउने ?

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कञ्चनपुर – नेपाली कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहदुर देउवालाई सञ्चारकर्मीले चार पटक देशको प्रधानमन्त्री हुँदा मतलब नगर्ने, अहिले चर्को रुपमा कालापानी बिबाद उठाउने ? भन्ने प्रश्नको गर्नुभएको छ ।

नेपाल प्रेस यूनियन कञ्चनपुरले शनिवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवालाई सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा देउवाले प्रतिप्रश्न गर्दै भन्नुभयो, “मैले भनेकै हो । आज पनि भन्दैछु । कूटनीतिक पहल गरेको छ । सन्धीमा लेखेको आधा पानी भनेको के हो ?” उहाँले आफू प्रधानमन्त्री हुँदा अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक पहल गरेको पनि दाबी गर्नुभयो ।

भारतसँग भएको महाकाली सन्धिमा पनि महाकाली नदीको उद्गमस्थल पूर्वको भूमिलाई नेपाली भूभागका रुपमा व्याख्या गरिएको स्पष्ट पार्नुभयो । कालापानी नेपालको भूभाग भएको दोहोर्याउँदै महाकाली नेपाल–भारतको सीमा नदी भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हामीले महाकाली सन्धी गरेका बेला महाकाली सीमा नदी भनिएको छ । पानी पनि आधा आधा हक लाग्छ भनेर सिद्धान्त तहैमा पास भएको हो । लिखित नै छ त्यहाँ । सीमा नदी भएकाले उद्गम स्थलबाटै पूर्व नेपाली भूमि हो ।”

सभापति देउबाले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई छिमेकी मुलुक भारले सीमा अतिक्रमणको विषमा मुखदर्शक भएर बसेको आरोप लगाउनुभयो । सीमा सम्बन्धी बिबादमा राजनीतिक दलहरु एक ठाउँमा उभिए पनि केपी ओली नेतृत्वको सरकारले बिबाद समाधानका लागि मतलब नै नगरेको भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार