सवारी नियम मिच्ने चालकलाई कारबाही हैन खादा र फूलका गुच्छा !

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ ।

आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेका हुन् ।

‘नियम पालना गरेर सवारी साधन चलाउनका लागि यो अभियानले प्रेरित गर्छ भन्ने विश्वास सहित ट्राफिक नियम पालना नगर्नेलाई व्यङ्ग्यात्मक रूपमा सम्मान गर्ने अभियान सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार