बालबालिकासँग क्रिकेट खेल्न काठमाडौं आइपुगे भारतका चर्चित क्रिकेटर सचिन

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं – भारतका प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । उनी युनिसेफको सद्भावना दूतको हैसियतमा शुक्रबार राति नेपाल आइपुगेका हुन् ।

सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । खेल १० ओभरको हुनेछ ।
बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो । उनी (आज) शनिबार नै भारत फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार