मंसिर १ गतेदेखि लुम्बिनीमा समाचार महोत्सव हुने

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा संघीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सव हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी १ मंसिरदेखि ३ सम्म चल्ने लुम्बिनी समाचार महोत्सवमा देशभरका छापा, रेडियो, टीभी र अनलाइन मिडियाका सम्पादक तथा पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्ने तयारी गरिएको प्रेस क्लबका अध्यक्ष तथा लुम्बिनी न्यूज फेस्टिबल मूल आयोजक समितिका संयोजक दिपेश पछाईंले बताए ।

कार्यक्रममा देशका स्थापित वरिष्ठ सम्पादक र पत्रकार गरी ३ सय जनाको सहभागिता रहनेछ । कार्यक्रममा देशभरबाट प्रकाशित पत्रिका प्रदर्शनीका लागि राखिने बताइएको छ ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा हुने तीनदिने समाचार महोत्सवले नेपाली पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल हुनेछ ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार