दुई बालिका र एक महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – दुई बालिका र एक महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न बाग्लुङ गाल्कोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षीय पुर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनारलाई बुधबार राति पोखराको हेम्जाबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरकिा अनुसार हत्यामा संलग्न एक जना भने अझै फरार रहेको र उनको खोजी भैरहेको छ।

यस्तै हत्या हुनेमा महिला र उनको २ छोरी रहेको खुलेको छ। मोरङको कानेपोखरी ३ हरकपुर घर भई अहिवले पोखरा उप–महानगरपालिका २५ लामाचौतारा बस्ने ३२ वर्षीय सरिता लिम्बु र उनको जुम्ल्याहा छोरीहरु ७ वर्षीया गंगा मगर र जमुना मगरको हत्या भएको बताइएको छ। आमाछोरीको शव गत कात्तिक १६ गते चन्द्रकोट गाउँपालिका ३ को हर्राचौरको आलुखरिया जंगलमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार