दुई वटा नक्कली लाइसेन्ससहित एक जना प्रहरीको फन्दामा

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवनपुर – वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी नेतृत्वको प्रहरी टोलीले सडक चेकजाँचको क्रममा चालकको दुईवटा नक्कली लाइसेन्ससहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ना२ह ३६९१ नम्बरको अटो चालक मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङका शिव सञ्जेललाई नियन्त्रणमा लिएको हो । चेकजाँज गर्दा कान्तिलोकपथको हेटौँडा-५ पिप्लेबाट चालक सञ्जेलको साथबाट दुईवटा नक्कली लाइसेन्स बरामद गरेको थियो ।

बरामद गरिएको सवारी लाइसेन्स ५-५९५२१ र ०५-६२३४२७ नम्बरको रहेको छ । दुवै लाइसेन्समा ठेगाना, जन्ममिति र ब्लडग्रुप फरक रहेको भएपनि बाबुको नामथर र नागरिकता नम्बर एउटै रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा परेका चालक सञ्जेललाई सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।

सरकारी कागजात कीर्ते गरेमा ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ । साभार : न्युज२४ नेपाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार