डा. भट्टराईलाई विश्वप्रकाशको प्रति प्रश्‍न – कम्युनिस्टले देश बनाउँदैन भन्‍ने बुझ्‍न कति वर्ष लगाएको ?

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रतिप्रश्न गर्दै कम्युनिस्टले देश बनाउन सक्दैनन् भन्‍ने कति वर्ष लगाएको भन्दै प्रतिप्रश्‍न गरेका छन् ।

बिहीबार समाजवादी पार्टीको संघीय परिषद बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै कांग्रेस कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको टिप्पणी गरेका थिए । डा. भट्टराईले प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थिङ्थिलो भएको टिप्पणी गरेका थिए ।

त्यसैगरी सत्तारुढ दल नेकपा पतनको दिशामा भएको मुलुकको विकास गर्न नसक्‍ने टिप्पणी गरेका थिए । उनले कम्युनिस्टले मुलुकको विकास गर्न नसक्ने भन्दै आलोचनासमेत गरेका थिए ।

डा. भट्टराईलाई जवाफ दिँदै कांग्रेस प्रवक्ता शर्माले कम्युनिस्ट दर्शनको बाटोबाट देश नबन्‍ने कुरा थाहा पाउन यति लामो समय लगाएको भन्दै व्यंग्य गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, “त्यो बाटो हिंडेको ४० बर्षपछि उहाँले भन्नुभो `कम्युनिस्ट दर्शनको बाटोबाट देश बन्ने रहेनछ,यो बाटो परित्याग गर्दछु´ । यति बुझ्‍न त्यति बर्ष लगाउने उहाँको बौद्धिकता कति `लायक´ को ? प्रश्न गर्न चाहिन । बरु नम्रसँग भन्‍छु – बौद्धिकता थोरै बचेको छ भने शब्द शिष्टता मर्न नदिने कि डा साब ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार