मन्त्री पण्डितलाई कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री’ भन्दै ‘तलाई थुक्छु’ भने पछी …

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीहरुबाट आफूलाई धम्की आएको बताएका छन्। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको दफावार छलफलका क्रममा मन्त्री पण्डितले सरुवाको विषयमा मर्कचारीबाट यस्तो धम्की आएको बताएका हुन्।

सरुवा गर्न खोज्दा आफूलाई एक सहसचिव तहको कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री’ भनेर ‘तलाई थुक्छु’समेत भनेको उनले गुनासो गरे। मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने उनले बताए। उनले एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएको पाएको जिकिर गर्दै यस्तो कर्मचारी प्रशासनबाट काम नचल्ने बताए। छलफलका क्रममा सांसद जनार्दन शर्माले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिए। विधेयकको दफा २९ मा रहेको ‘कर्मचारीको कार्यक्षमताका आधारमा बढुवा’सम्बन्धी व्यवस्थामा बिहीबार छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार