डाक्टर गोविन्द केसी अस्पताल भर्ना

२०७६ कार्तिक २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनगढी – डडेल्धुरामा बसेको सत्रौ अनशन नवौं दिनमा स्थगित गरेर तराई झरेका डा गोविन्द केसी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।

डडेल्धुराबाट साँझ ७ः३० बजे धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरुले उपचारका लागि अस्पतालमै बस्न सुझाव दिएका हुन्। अस्पतालकौ शैयाबाटै डा. केसीले राष्ट्रियतासँग जोडिएको कालापानी र लिम्पुयाधुरा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनशन बस्ने चेतावनी दिए।

उनले जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीरता लिई आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। डा केसीको उपचारमा सम्ललग्न सेती प्रादेशिक अस्पतालका डा निराजनदत्त शर्मा पौडयालले डा केसीलाई आरामको आवश्यकता रहेको बताए।

‘अनशनका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको छ’, डा शर्माले भने, ‘उहाँलाई आरामको जरुरुत छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार