प्रहरीका सई महिलाको कोठामा पसेपछि भयो हंगामा …

२०७६ कार्तिक २७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ललितपुर – नेपाल प्रहरीका एकजना सई महिलाको कोठामा मध्यराति पस्दा झ डपका क्रममा झ्यालबाट हाम फरालेर भागेको रहस्य खुलेको छ । २४ कार्तिकमा हात्तिवनस्थित एकजना महिलाको कोठामा महानगरीय प्रहरी प्रभाग लगनखेलका इञ्चार्ज दीपेन्द्रराज गिरी पसेका थिए । उनी ड्युटी र मातहतको क्षेत्रभन्दा बाहिर थिए ।

गिरी ज र्बजस्ती पस्दा महिलाका आफन्त भनिएका पुरुष पनि थिए । मध्यराति अर्का पुरुषसँग गिरीको विवाद हुँदा झ डप भएको थियो । दुई पुरुषबीचको वि वादका क्रममा अर्का पुरुषले सई गिरीलाई कोठामा थुनिदिएका थिए । आफू थुनिएपछि सई गिरी झ्यालबाट हाम फालेर भागेका थिए । भाग्ने क्रममा सई गिरीको सञ्चार सेट नै कोठामा छुटेपछि महिलाले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुरका उच्च अधिकारीहरुलाई जानकारी भएपनि संगठनको बदनामी हुने ठानेर लुकाउन खोजियो । तर, घटनाको सूचना प्रहरीको माथिल्लो तहसम्म पुगेको छ । आफूलाई कसैले चलाउन नसक्ने भन्दै ललितपुर प्रहरी प्रमुखहरुलाई समेत नटेर्ने गिरीको यस घटना भने लुक्न सकेन ।

सई गिरी संलग्न यस घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईसँग जानकारी लिन खोज्दा यसबारे आफूले बुझेर बताउने बताए । उनले घटना नघटेको भन्न सकेनन् । ललितपुरका वरिष्ठ प्रहरी अधिकारीहरुसँग सोध्दा यसबारे एसएसपी राईसँग सोध्न भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानपछि गिरीको पुरुषसँग झडप भएको थियो । प्रहरी स्रोतले गिरीले कोठामा सञ्चार सेट छाडेको र झ्यालबाट फरालेको जानकारी दियो । त्यसबारे गोप्य तरिकाले अनुसन्धान भइरहेको बुझिएको छ ।

घटनामा झ्यालबाट हाम फरालेर नभागेको भए सई गिरी रं गेहात पक्राउ पर्ने सम्भावना थियो । मा दक पद्धार्थ से वन गरेर मध्यराति महिलाको कोठामा पसेका गिरीमाथि ग म्भीर अभियोग लाग्न सक्थ्यो । सञ्चार सेट छाडेर भागेका उनको सेट प्रहरीले गोप्य तरिकाले फिर्ता ल्याएको थियो । घटनालाई लुकाउन खोजेपनि माथिल्लो तहसम्म यसबारे सूचना पुगेपछि गिरीमाथि गम्भीर अनुसन्धान अगाडि बढिसकेको बुझिएको छ । आफ्नो मातहतको क्षेत्रबाहिर महिलाको कोठामा पसेको घटना सामसुम पार्न गिरीले शक्तिको दुरुपयोग गर्न खोजेपनि असफल भएपछि उनीमाथि कारबाही हुने भएको छ ।

सामान्य विवाद हो, झ गडा होइन
यसबारे महानगरीय प्रहरी प्रभाग लगनखेलका इञ्चार्ज दिपेन्द्रराज गिरीसँग बुझ्दा उनले सोही राति खानाका लागि बोलाइएकोले आफू गएको बताए । उनले भने, ‘म खाना खान गएको हुँ र विवाद मात्र भउको हो झ गडा भएको होइन ।’ आफू ड्युटीपछि खाना खान जाँदा सामान्य विवाद भएको भन्दै यसबारे एक जना व्यक्तिले राति नै उजूरी गरेको स्वीकार गरे । घटनाबारे सम्बन्धित व्यक्तिसँग पनि बुझ्न सकिने उनको भनाई थियो । उनले आफूमाथि अन्याय भएको भन्दै घटनामा उल्लेख भएको जस्तो ठूलो हं गामा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार