प्रहरी चौकीमा हानिएको बम बाख्रालाई लाग्यो, डिउटीमा रहेका प्रहरी जवान घाइते

२०७६ कार्तिक २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गौर- रौतहटको इशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीलाई लक्षित गरी प्रहार भएको ब म लागेर एउटा बाख्रा म रेको छ ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट ०५एच६५०९ नम्बरको मोटरसाइकलमा आएका २ व्यक्तिले मठिया प्रहरी चौकीलाई लक्षित गरी सुतली ब म प्रहार गरेका थिए ।
ब म प्रहारबाट डिउटीमा रहेका प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवानमा महानगरीय सशस्त्र प्रहरी अनाश्रीत गुल्म–२ काठमाडौंमा दरबन्दी भइ मठिया प्रहरी चौकीमा कार्यरत रञ्जित कुमार यादव छन् । उनको काखीदेखि तिघ्रासम्म चोट लागेको छ ।
प्रहरी चौकीलाई लक्षित गरी प्रहर गरिएको ब म वि स्फोट हुँदा प्रहरी चौकी नजिकै चउरमा चरिरहेको बाख्रा मरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ब म वि स्फोटमा प्रयोग भएको मोटरसाइकलका चालक भारतको ढाका घर बताउने २५ वर्षी चन्दन कुमारलाई पक्राउ गरेको छ । ब म वि स्फोट भएको प्रहरी चौकीदेखि करिब १ किलोमिटर दक्षिणतर्फ नेपाल भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकीमा ब म आ क्रमण भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा १० जनाको टोली परिचालन गरिएको जनाइएको छ । मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार