मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो’ किन बोल्दैनन् ओली?’ – देउवा

२०७६ कार्तिक २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सामा नेपालका भूमि समावेश गरे पनि प्रधानमन्त्री केपी शर्मा चुप बसेको आरोप लगाएका छन्।

‘कालापानी हाम्रो हो नि,’ हेटौंडामा मंगलबार महाधिवेशन प्रतिनिधिहरूसँग देउवाले भने, ‘कालापानी, लिपुलेक नेपालको हो। मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो।’ वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्ने उनले बताए।

‘सरकार किन बोलिराखेको छैन? राष्ट्रवादी ओली किन बोल्दैनन्?,’ देउवाले प्रश्न गरे, ‘किन बोल्दैनन् ओली?’

उनले नेपालका गाउँमा सडक पनि नपुगेको अवस्था रहेको भन्दै रेल ल्याउने कुरा गर्दै हिँडेकोमा प्रधानमन्त्री ओलीको आलोचना पनि गरे। ‘नेपालीले तिर्न नसक्ने ऋण लिएर रेल चढ्ने?,’ उनले भने, ‘भारत होस् कि चीन होस्। हाम्रो घर पहाडमा हो, बाटो पुगेको छैन।’

उनले पार्टी एक भएर उपनिर्वाचनमा होमिन निर्देशन दिए।

‘चुनाव जसरी पनि जित्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय