
डडेल्धुरा – डडेल्धुरामा १८ गत्ते देखि अनसनरत डा गोविन्द केसीलाई स्वास्थ्यमा समस्या भएको भन्दै भएको भन्दै प्रहरीले जवरजस्ती लैजान खोजेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको नेतृत्वमा खटिएको टोलीले माथिको आदेश भन्दै केसीलाई अन्यत्र लाजे खोजेको हो।
आफूसँग कुनै सल्लाह नगरी प्रहरी परिचालन गरी लैजान खोज्नु गुण्डागर्दी प्रवृत्ति भएको डा केसीले आरोप लगाएका छन्। उनले भने ‘म जनताका लागि अनशन बस्न आएको हुँ मेरा माग पुरा गर अनशन तोड्छु।’

डा. केसीको अवस्था नाजुक भएको चिकित्सकहरुले जानकारी दिएका छन्। ‘उनलाई आईसीयूमा नराखे जतिबेला जे पनि हुनसक्छ’ उनको सहयोगका लागि आएकी डा.सुस्मा कार्कीले भनिन्। डा गोविन्द केसिको शरीरमा चिनी र नुनको मात्रा घट्दै गएको र मुटुको धडकन बढिरहेकाले हृदयधातको खतरा रहेको कार्कीले जानकारी दिइन्। डा. केसीको सहयोगका लागि काठमाडौंबाट डाक्टरको टोली आएको भएपनि उपकरण अभावमा यहाँ राख्न उचित नभएको उनीहरुको भनाइ छ।
केही अनशन बसेको सोमबार ८औं दिन हो ‘मेरो स्वास्थ्यका बारेमा मलाई थाहा हुन्छ, कुन स्थानमा लैजाले केका लागि लैजाने कुरा सार्वजनिक नगरी निरंकुस पारा देखाउने।’ कुसीले आक्रोश पोखे। ‘म जनताको सेवक हुँ, प्रहरी पनि सेवक हो’ भन्दै केसीले प्रहरीलाई प्रधानमन्त्री ओलीको दासत्व जीवन नबिताउनु भनी आग्रह गरे।
डा.केसीलाई लैजान खोज्दा उनका समर्थकले अवरोध गरिरहेका छन्। केसीका समर्थकले सडकमा टायर बालेर चक्काजाम गरेका छन्।