नेकपा सचिवालय बैठकको निर्णय : यी हुन् केन्द्रीय निकायका अध्यक्ष र सचिव

२०७६ कार्तिक २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकता अन्तरगत बाँकी रहेका विभिन्न निकायको नेतृत्व चयन गरेको छ । केन्द्रीय निकाय अन्तरगत अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा र सचिवमा अशोक रोकाया, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवामा माधव पौडेल तथा लेखा परिक्षण आयोगको अध्यक्षमा पुष्प कंडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।

त्यस्तै केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

प्रवासमा पार्टी कमिटी गठन नगर्ने यसअघि निर्णय भैसहेको जानकारी दिदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने विषयमा भने गम्भीर छलफल भैरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय