यसकारण जित्नेछन तिलक राईले धरानको मेयरमा

२०७६ कार्तिक २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धरान – उपनिर्वाचनमा धरानमा मेयर पदका कांग्रेसी उम्मेदवार तिलक राईले यस पटक जनताले आफुलाई न्याय दिने बताएका छन् ।

तिलक राईले भनेका छन्, पहिले मन जिते, चुनाब हारेपनि पनि जनताको सेवामा अहोरात्र खटिरहेको छु् । यस पटक मलाई जनताले जिताउनुहुनेछ ।

०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तारा सुब्बासँग पराजीत उम्मेद्वार तिलक राईलाई नै पुनः उम्मेद्वार भएका छन् ।

आगामी मंसिर १४ गते धरानमा हुन लागेको उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसले तिलक राईलाई पुनः उम्मेदवार बनाउने भएपछी नेकपालाई बलियो उम्मेद्वार छान्न समेत सकस परेको बताईएको छ ।

तिलक राई स्थानीय निकायको निर्वाचनमा स्वर्गिय तारा सुब्बासँग ४७७३ मतले पराजित भएका थिए । स्व सुब्बाले २०९७५ मत ल्याउँदा राईले १६२०२ मत हासिल गरेका थिए । कांग्रेस धरान उपमहानगर सभापति समेत रहेका तिलक राई किरात राई यायोक्खामा समेत आबद्ध छन् ।

पछिल्लो समय सत्तारुढ नेकपाको कार्यशैलीले जनतामा निराशा जमाईरहेको बेला उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्नो पकड जमाउने देखिएको छ । तथापि, धरानमा अहिलेसम्म नेपाली कांग्रेसले चारतारे झण्डा गाड्न नसकिरहेको अवस्थामा उपनिर्वाचनमा तिलक राईले कांग्रेसलाई पार लगाउनेमा शंका पनि छ ।

नेपाली कांग्रेस धरान भित्र आन्तरिक रुपमा किचलो छ । खासगरी निवर्तमान धरान उपमहानगर सभापति किशोर राई र तिलक राई विचको टकरावले कांग्रेसलाई कमजोर बनाएको स्वयं कांग्रेसीहरुले भनिरहँदा उपनिर्वाचनमा कांग्रेस उदाउन गाह्रो भएपनि असंभव भने छैन । खैर चुनाबपछिको नतिजाले नै बताउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार