ओली सरकारका मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै ?

२०७६ कार्तिक २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारका रहेका सबै मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिने भएको छ । यसका लागि नेकपा सचिवालय बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको छ ।

नेकपा स्रोतका अनुसार बैठकले सबै मन्त्रीहरुहरुलाई राजीनामा दिन निर्देशन दिने र सरकार पुनर्गठन गर्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिने छ । यसअघि आइतबार यस बिषयमा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच छलफल समेत भएको थियो । छलफलका क्रममा ओलीले मन्त्रीमण्डल हेरफेर गर्नका लागि प्रचण्डसँग सहयोग मागेका थिए ।

प्रचण्ड र ओलीबीच यस बिषयमा दुई बिकल्पमा छलफल भएको थियो । पहिलो बिकल्पमा प्रचण्डले सवै मन्त्रीहरुलाई राजीनामा दिन लगाउने र त्यसपछि केही नयाँ मन्त्री ल्याउने र केही राम्रा काम गरेका मन्त्रीहरुलाई दोहराउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै दोश्रो बिकल्पका रुपमा अपेक्षित काम नगरेका मन्त्रीहरुलाई मात्र राजीनामा दिन निर्देशन दिने प्रचण्डको सुझाव छ ।

दुवै बिकल्पमा सचिवालय बैठकमा छलफल हुने र बैठकले भोली अथवा समय तोकेर केहि दिनपछि राजीनामा दिन निर्देशन दिने सम्भावना रहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार