
काठमाडौं – डेढ महिना अघि बैदेशिक रोजगारीको लागि कुवेत पुगेका जबिन्द्र परियारको ज्यान गएकाे छ ।
दाङका ३६ वर्षीय परियारको कुवेतस्थित पलर्वानिया अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हो । उनी ड्युटीमा लागेकाे दुई दिनमै विरामी हुन पुगेका थिए । परियार गत सेप्टेम्बर महिनामा कुवेतको मरिना थाई रेष्टुरेन्टमा कामका लागि गएकाे उनका भाइले शैलेन्द्रले बताए ।
शैलेन्द्रका अनुसार उनले ड्युटीमा रहेका बेला एक्कासी टाउको दुख्यो भनेका थिए । त्यसलगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनको मस्तिस्कमा क्षयरोग भएको जनाएको थियो ।

त्यसपश्चात डाक्टरहरुले उनको लामो उपचार गरेका थिए । तरपनि उनको ज्यान बचाउन सकेनन् । उनको शव कानुनी प्रकृया पूरा गराई नेपाल ल्याउने काम भइरहेको कुवेत स्थित नेपाली दुतावासले जनाएको छ ।