सबै राजनीतिक दलबाट प्राप्त आड र भरोसालाई लिएर सरकार अगाडि बढ्छ – प्रम ओली

२०७६ कार्तिक २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – अति क्रमित भूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद गर्ने तयारी गरेका छन् । उनले आज आन्तरिक छलफल गरेर भारतमा सन्देश पठाउने बुझिएको छ । हिजो नै दलहरुको बैठकमा उनले मोदीसँग सम्वाद गर्ने बताइसकेका छन् ।

भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भू–भाग पारेको विषयमा सरकारले प्रभावकारी कूटनीतिक पहल थाल्ने भएको छ । बालुवाटारमा आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वार्ता गर्ने बताएका छन् ।

सबै राजनीतिक दलबाट प्राप्त आड र भरोसालाई लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका छन् । ‘राष्ट्रिय हितका लागि चाहिने दुई महत्वपूर्ण पूर्वाधार हुन् । यस विषयमा चाहिने सहमति प्राप्त भएको छ । र, त्यो सहमतिलाई आधार बनाएर प्रभावकारी वार्ता गर्न सक्ने बलियो सरकार पनि छ । यो राष्ट्रिय सहमतिलाई आधार मानेर वार्तालाई अगाडि बढाउँछौँ, पहल गर्छौँ ।’

बैठकमा प्रधानमन्त्री ओलीले राखेको धारणा सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हामी स–साना कुरामा अल्झिन चाहदैनौँ । हाम्रो भारतसँग सुदृढ मित्रता होस् भन्ने चाहना छ । त्यसकारण कूटनीतिक ढंगबाट यो समस्या समाधान गर्न सकिन्छ भन्ने सरकार विश्वस्त छ ।’

नेपाल भारतवीच अहिले नै केही संयन्त्र रहेको भन्दै सरकारले आवश्यक परे त्यस भन्दा माथि उठेर प्रधानमन्त्री तहमा वार्ता गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार