
काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारत असन्तुष्ट भएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शाका विषयमा उनले भारतीय राजदूत मंजिब सिंह पुरीसँग टेलिफोन वार्ता गरेको विषय प्रेस वक्तव्यका रुपमा उल्लेख गरेपछि भारत असन्तुष्ट भएको हो ।
विदेशी राजदूतसँगको अनौपचारिक टेलिफोन वार्तालाई पार्टी प्रवक्ताले प्रेस वक्तव्यमा उल्लेख गरेपछि भारतीय पक्षले असन्तुष्टि जाहेर गरेको विश्वस्त स्रोतले बताएको छ । देउवाले टेलिफोन वार्तामा कालापानी र लिपुलेकको विषयमा भन्दा पनि समग्र सीमा समस्याका बारेमा चासो व्यक्त गरेको बुझिएको छ ।

२१ कार्तिकमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको हस्ताक्षरमा कालापानी र लिपुलेकका सन्दर्भमा शिर्षकमा विज्ञप्ति जारी भएको थियो ।