रबिन्द्रको निधन हुँदा विद्याले टिकट पाउने, सुब्बाकी श्रीमती ईन्दुलाई धरानमा टिकट खोई ?

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं – मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कास्कीमा आज बिहीवार उम्मेदवारी दर्ता गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तर्फबाट स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई उम्मेदवार बनेकी छन् ।यता धरानमा भने इन्दु सुब्बालाई अन्याय भएको छ ।

धरान उपमहानगरपालिकाको रिक्तरहेको मेयर पदमा स्वर्गिय तारा सुब्बाको पत्नीले दाबी गरेकी छन् । यस अघि मेयर रहेका स्वर्गिय तारा सुब्बाको निधनका कारण मङसीर १४ गते हुनगइरहेको मेयर पदको उपनिर्वाचनमा उनको श्रीमति इन्दु सुब्बा राईले स्वतन्त्र उम्मेदवारी दिने भएकी हुन्।

स्वर्गिय तारा सुब्बाका दाजु घनेन्द्र सुब्बा (एन्ड्रयु लिम्बु)का अनुसार नेकपाले उम्मेदवारको नाम चयन गर्न अघि स्वर्गीय मेयर तारा सुब्बाको श्रीमति इन्दुले पनि मेयर पदमा उम्मेदवार बन्ने इच्छा प्रकट गरेको जानकारी पार्टी लाई दिइएको थियो । तर, पार्टीले उम्मेदवारको नाम सिफारिस गर्दा उनको नाम काटिएको बताएका छन् ।

उनले भने ‘जस्को निधन बाट उपचुनाव भैरहेको उनैका परिवारको नाम नामेट गर्ने काम भएकोले हाम्रो परिवारकी बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने परिवार श्रोतले बताएको छ ।

स्वर्गिय मेयरका दाजु घनेन्द्र सुब्बाले कात्तिक १५ गते नेकपा धरान उपमहानगर कमिटी लाई बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने बारेमा लेखेको निवेदन सामाजिक सञ्जालमा राखेका छन् ।

पार्टी अध्यक्ष नारायण सुवेदीकै हातमा उक्त निवेदन दिएको बताउँदै सुब्बाले भने ‘निवेदन उपर सुनवाइका लागि छलफल समेत गरिएन, पार्टी अध्यक्ष ज्युले पत्र लिनु भो र पछि फाल्नु भयो ।’ उनले पार्टीले स्वर्गिइ मेयरकी श्रीमति र परिवारजन लाई तिरस्कार गरेको आरोप लगाए ।

निवेदन यस्तो छ

श्रीमान् अध्यक्षज्यू
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
धरान उपमहानगरपालिका कमिटि
‘म घनेन्द्र सुब्बा धरान उपमहानगरपालिकाको स्वर्गीय मेयर तारा सुब्बाको साइला दाजु भन्ने कुरा तपाई र पार्टीलाई थाहा भएकै कुरा हो । तत्कालीन नेकपा एमालेको विभिन्न तह तथा कमिटीमा काम गर्दै लामो समय पार्टीलाई सफल नेतृत्व गरेर र २०७४ सालको स्थानीय तह निर्वाचनमा आफूसहित पार्टीलाई बहुमतका साथ जिताउन मेरो भाइ स्वर्गीय तारा सुब्बा सफल भएको पनि सर्वविदितै छ । उहाँको निधन पश्चात् हाल रिक्त रहेको मेयर पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको र उम्मेदवारको नाम सिफारिस गर्दा एक जना महिला अनिवार्य सिफारिश गर्नुपर्ने मापदण्ड पनि भएको हुनाले उक्त उपनिर्वाचनमा मेयर पदमा स्वर्गीय मेयर तारा सुब्बाकी पत्नी इन्दु सुब्बा राईको नाम पनि उम्मेदवारको रुपमा सिफारिस गरिदिनु हुनेछ र मेरो भाइ स्वर्गीय तारा सुब्बाले पार्टीको नेतृत्वमा रहँदा र जनप्रतिनिधिरुपमा रहँदा उहाँले समाज र देशलाई पु¥याउनु भएको योगदानको उचित मूल्यांकन, सम्मान गरिदिनु हुनेछ भन्ने सपरिवारको अपेक्षासहित यो निवेदन पेश गरको छु ।’

यसअघि पनि दाजु घनेन्द्र सुब्बाले सामाजिक सञ्जालमा बुहारी इन्दुको मेयर पदमा उम्मेदवार हुने इच्छा रहेका जनाउँदै यस्तो स्टाट राखेका थिए– ‘धरान उपमहानगरपालिकाको रिक्त मेयर पदका यही २०७६ मंसिर १४ गते शनिबारका दिन निर्वाचनको घोषणा नेपाल सरकारद्वारा भएकोमा सो तोकिएको मेयर पदको उमेदवारीको ईच्छा श्रीमती इन्दु सुब्बा (राई) जो धरानको अति लोकप्रिय मेयर स्व. तारा सुब्बाका पत्नी हुनुहुन्छ प्रकट गर्नु भएको छ (यदि नेकपा) ले टिकट दिइएको खण्डमा उनी एक विधुवा भत्तामा मात्र होइन आफ्नो पति स्व. तारा सुब्बाले देख्नु भएको स्मार्ट सिटीको भिजन सुरु गर्न मात्र के थाल्नु भएको थियो अधुरै छोडी सदा सर्वदाको लागि प्रिय धराने जनताले अब कहिल्यै भेट्न नपाईने स्थान तिर गईसकेको । उनको इच्छा पूरा गर्ने श्रीमती इन्दु सुब्बा(राई) को ठूलो बोझ छ । प्रिय धराने जनताको सेवा गर्ने अवसरको आशावादी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय