सोनिकाको कारण पारस शाहसंग डिभोर्सको तयारीमा हिमानी शाह

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पूर्वयुवराज पारस शाह भिजे तथा मोडल सोनिका रोकायासँग नजिकिँदै गएपछि पारसकी श्रीमती हिमानी शाहले डिभोर्सको तयारी गरेको चर्चा चलेको छ । पूर्वयुवराज पारस पछिल्लो समय सोनिकासँग देशमा विभिन्न स्थानमा घुमिरहेका छन् । सोनिकाले पारससँग घुम्दै गरेको भिडियो ब्लव आफ्नो युट्युब च्यानल ‘द सोनिका शो’मा अपलोड गरेकी छिन् ।

यता सोनिकासँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेकी छिन् । हिमानीले डिभोर्सको तयारी गरिरहेको दावी गरिए पनि यको आधिकारिक रुपमा पुष्टि भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार