भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाए

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – भारतले हालै जारी गरेको आफ्नो देशको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरो धमा देशभर आन्दो लन भइरहेको छ ।

यसैक्रममा शुक्रबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रद र्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा ज लाएका छन् ।

संयुक्त विद्यार्थी आन्दोल नको ब्यानरमा गरिएको प्रद र्शनमा भारतले मिचेको सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका थिए । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपाली भूमि भन्दै भारतको नयाँ नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार