हिमपातको सम्भावना, सतर्क रहन आग्रह

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ ।

हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार