
पोखरा – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले जारी गरेको नक्सा नेपाललाई मान्य नहुने बताउनुभएको छ । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘भारतले जारी गरेको जुन नक्सा छ, त्यो नेपाललाई स्वीकार्य छैन ।’
लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ’ भनेको स्मरणसमेत अध्यक्ष प्रचण्डले गर्नुभएको थियो ।

सञ्चारकर्मीमाझ उहाँले भन्नुभयो, ‘अहिले त कालापानीलगायत सबै नक्साभित्र पारिसकेपछि नेपाललाई सैह्य हुन सक्दैन ।’ भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको जनाउँदै अध्यक्ष प्रचण्डले यसबारे सरकार पनि बोलिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’