आफ्नो देश बचाउन रगत बगाउन तयार छौं

२०७६ कार्तिक २१, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्यूठान – आफ्नो देश बचाउनका लागि भारतको हेपाहा प्रवृत्तिका विरुद्ध आफुहरुले रगत बगाउन पनि तयार रहेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सुमन श्रेष्ठले बताएका छन् ।

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागहरु भारतले आफ्नो नक्सामा मिसाएपछि हामीले विरोध गरिरहेका छौं ’– श्रेष्ठले भने –‘आफ्नो माटो जोगाउनको लागि रगत बगाउन तयार छौं तर, गुम्न दिन्नौ ।’

नेपाल सरकारले पनि आफ्नो देशको भुभाग बनाउनको लागि कडा कदम चाल्नु पर्ने उनले बताए । ‘दुइ तिहाइको सरकार भएपनि आज राष्ट्रिय स्वाधिनताको विषयमा बोल्न सकेन ।’ श्रेष्ठले भने–‘एक पटक फेरि हामी बदभद्र कुवर बनेर नेपाली भुमी खोज्न जानेछौं ।’ नेपाली जनताको पक्षमा नेपाल सरकारले एक पटक बलिदान गर्न तयार हुनु पर्ने उनको अभिव्यक्ति थियो ।

१० वर्षे जनयुद्धले लिएको आमुल परिवर्तको स्मरण गर्दै आन्दोलनले धर्म्निरपेक्षता, गणतन्त्र जस्ता परिवर्तनहरु भएको बताए । भारतले आफ्नो नक्सामा पारेमा यी भूमिहरुलाई जोगाउन विद्यार्थीहरु आन्दोलनमा होमन पनि तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार