काठमाडौं – नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै भारत सरकारद्वारा प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा आफुलाई अस्वीकार्य रहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने भनेर प्रष्ट पारेको छ । दुई देशबीच सीमासम्बन्धी समस्याहरु सुल्झाउन बाँकी रहेका र यो बिषय दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्नेमा नेपाल सरकारको जोड छ ।