जीप दुर्घटना हुँदा १२ जना घाइते

जीपमा सवार १२ जनामध्ये दुई जना यात्रु गम्भीर घाइते..

२०७६ कार्तिक २०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दार्चुला – शैल्यशिखर नगरपालिका–६ चौतलीचौरमा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

लेकम गाउँपालिका–५ रिठाचौपातास्थित लटिनाथ मन्दिर जैपुरमा रात्री जात्रा हेरेर फर्किने यात्रु बोकेको से १ ज ११३१ नम्बरको जीप बुधबार बिहान दुर्घटनामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

जीपमा सवार १२ जनामध्ये दुई जना यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा मालिकार्जुन गाउँपालिका–२ भगवतीका २० वर्षीया कलसी धामी र मालिकार्जुन गाउँपालिका–३ बसेडीका ३० वर्षीया कमला देवी धामी रहेको प्रहरी सहायक निरीक्षक खड्काले बताउँनुभयो ।

घाइतेको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जीप चालक दिपुसिंह विष्टलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सडकमा गुडिरहेको जीप पल्टिएपछि यात्रुहरु सबै घाइते भएको जीपमा सवार मालिकार्जुन गाउँपालिका–२ का हरिससिह धामीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार