लिपुलेक हाम्रो हो ! गो ब्याक इन्डिया

२०७६ कार्तिक २०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएकोमा विरोध प्रदर्शन गरेको छ।

‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो। उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद! भन्दै नारा लगाएका थिए।

अखिलका नेता सुरेन्द्र बस्नेतले नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले विरोध प्रदर्शन गरिएको बताए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको विरोध गर्दै प्रदर्शन गरेको छ।

यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो।

उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ। भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय