झापा आएर नारायणकाजी श्रेष्ठले भने – नेपालमा वैदेशिक हस्तक्षेत्र बढ्न सक्ने खतरा छ

२०७६ कार्तिक १८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भद्रपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक हस्तक्षेप वढ्न सक्ने खतरा रहेको बताएका छन्।

झापाको बिर्तामोडमा सोमबार नेपाल वहुउद्देशीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्वन्धी अभिमुखीकरण कार्यक्रममा श्रेष्ठले अब जनातासँग बहानावाजी गर्ने विषय राजनीतिक दलहरूसँग नभएको भन्दै विकास नगरे नेपालमा वैदेशिक हस्तक्षेत्र बढ्न सक्ने खतरा रहेको उल्लेख गरे।

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले वर्तमान सरकारलाई जनताले मुख्य जिम्मेवारी दिएकोले अब भाषण र प्रशिक्षणमा भन्दा काममा ध्यान दिनुपर्ने बताए।

राजनीतिक परिर्वतनका लागि जनताले थुप्रै समय कुर्नु परेको भन्दै अब विकास निर्माणको वेला आएको छु’, उनले भने, ‘सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई जनताले विश्वास गरेर वहुमत दिएको र जनताको विश्वासलाई कुठाराघात गरे राजनीतिको औचित्वमाथि नै प्रश्न उठ्न सक्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार