मेयरमा चुनाव हारेर प्रदेश प्रमुखमा सिफारिस भएका प्रसाईं ओलीका पुराना मित्र

२०७६ कार्तिक १८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

काठमान्डौ- मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश २ को प्रमुखमा तिलक परियार र प्रदेश ३ को प्रदेश प्रमुखमा बिष्णु प्रसाईँलाई सिफारिस गरेको छ । त्यस्तै गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचन, प्रदेश ५ को प्रमुखमा धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ ।

सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकमा जुटेको सहमति अनुसार नै सरकारले प्रदेश प्रमुखहरुको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

तर, सचिवालयका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश प्रमुख नियुक्ति प्रक्रियामा कडा आपत्ति जनाएका छन् । नेता नेपालले व्यक्ति भन्दा पनि सिफारिस प्रक्रियामा एक्लौटी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

नेता नेपालले आफूले सिफारिस गरेको व्यक्तिबारे छलफल नभएको अभिव्यक्ति दिएका छन् । नेता नेपालले अमृतकुमार बोहरा, वेदुराम भुषााल, विश्वकान्त मैनाली, रघुजी पन्त र श्रीमाया थकालीको नाम समेत प्रस्ताव गरेका थिए ।

तर,नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका बिष्णु प्रसाई प्रदेश प्रमुखमा सिफारिस भएका छन । जबकी, सोमबार बिहानसम्म प्रसाइको नाम अनौपचारिक छलफलमा समेत नभएको बताइएको छ ।

तर, दिउँसो बसेको सचिवालयमा खम्बु नभई प्रसाई प्रदेश प्रमुखमा सिफारिस भए । नेता नेपालले यो नाम प्रति आपत्ति जनाए पछि प्रसाईं को हुन् भन्ने चर्चा शुरु भएको छ ।

को हुन् बिष्णु प्रसाईं ?

ओली सँगै २०२८ को झापा विद्रोहमा संलग्न नेता हुन् । झापा मेचीनगरका प्रसाईंले २०४३ मा जनपक्षीय उम्मेद्वार बन्दै धाइजन गाउँ पञ्चायतमा प्रधानपञ्च निर्वाचित भएका थिए ।

०४९ को स्थानीय निर्वाचनमा प्रसाईं झापा जिल्ला विकास समितिको उपसभापति बने । त्यस यता भने उनी जनअनुमोदित हुन सकेका छैनन् ।
२०६४ को संविधानसभा निर्वाचनमा पराजित प्रसाईं २०७४ मा मेची नगरपालिकामा मेयरका लागि उम्मेद्वार बनेका थिए । तर, निर्वाचन भने उनले जित्न सकेनन् । प्रसाईँलाई स्थानीय तहको निर्वाचनमा काँग्रेसका विमल आचार्यले पराजित गरेका थिए ।

संसदीय निर्वाचन जित्न नसकेपछि राष्ट्रिय राजनीतिले खासै नचिन्ने प्रसाईं नेकपा एक नम्बर प्रदेश कमिटी सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय