डिल्लीबजार कारागारमा महरालाई पूर्वआइजिपी ठकुरीसँगै ‘क’ ब्लकमा राखियो

२०७६ कार्तिक १८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – सोमबार पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएसँगै डिल्लीबजार कारागारमा राखिएको छ ।
विभिन्न अभियोगमा थुनामा पर्ने ठूला व्यक्तिहरुलाई थुनामा राख्दै आएको डिल्लीबजार कारागारमा नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौँ ठूलो पदमा आसिन व्यक्ति जेलमा पुगेका छन्। यो संगै डिल्लीबजार कारागारमा ‘भिआइपी कैदी’को संख्या चार पुगेको छ।

महरालाई पुर्‍याउनुअघि डिल्लीबजारमा कैलालीबाट सांसद पदमा निर्वाचित रेशम चौधरी, पूर्वप्रहरी महानिरीक्षक रमेशजंग ठकुरी र पूर्व डिआइजी रञ्जन कोइराला रहेका थिए।

कारागार प्रमुख अरुण पोखरेलका अनुसार पूर्वसभामुख महरालाई अरु कैदी जस्तै सामान्य र सामूहिक रुपमै राखिएको छ। भिआइपी भनेर विशेष व्यवस्था जेलभित्र नभएकाले सबैलाई समान व्यवाहार हुने गरी राखिएको उनको भनाइ छ।

महरालाई पूर्व आइजिपी ठकुरी रहेको ‘क’ ब्लकमै राखिएको छ। भने अरु दुई जनालाई ‘ख’ ब्लकमा राखिएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार