झापामा करेन्ट लागेर मामा भान्जाकै मृत्यु

२०७६ कार्तिक १६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर मामा भान्जाकै मृत्यु भएको छ ।

स्थानीय १८ वर्षिय अभिनास राई र भोजपुरबाट पाउना आएका उनका मामा अन्दाजी ३५ वर्षिय मनिराम राईको माछा मार्ने क्रममा हात्तिलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर मृत्यु भएको उनका दाई पेरिस कुमार राईले जानकारी दिएका छन् ।

हात्ती प्रभावित क्षेत्र भएकोले स्थनीयहरुले आफ्नो आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यू भएता पनि आफूँलाई यस तार लगाएको विषयमा जानकारी नभएकोे नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार