सवारी दुर्घटनामा नेकपा एमालेबाट निर्वाचित पूर्व सांसद महतोको मृत्यु

साईकलमा सवार पूर्व सांसद महतोलाई …

२०७६ कार्तिक १५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर – धनुषामा सवारी दुर्घटनामा परेर पूर्व सांसद राम लखन महतोको मृत्यु भएको छ ।

शुक्रवार धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ स्थित विश्वकर्मा चोकमा यात्रुबाहक बसको ठक्करबाट तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित ६० वर्षीय सांसद रामलखन महतोको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।

साईकलमा सवार पूर्व सांसद महतोलाई विश्वकर्मा चोकमा विपरीत दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो ।

घाइते भएका सांसद महतोको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जनाए ।

ठक्कर दिने यात्रुबाहक बस र चालक प्रहरी नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार