
गलकोट – जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ ।
जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएकोे नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । “जनताको मुक्तिका लागि गीत गाउने कलाकार शर्माको परिवारमाथि आइपरेको विपतमा साथ दिनसहयोग गर्ने निर्याण गरिएको हो”, उहाँले भन्नुभयो । केही दिनमै रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो । नेकपाका नेता, सांसद, जनप्रतिनिधिबाट सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

दशैँमा शर्माका छोरा अमृतको मासु खाने क्रममा हड्डी अड्केर अन्ननलीमा जटिल समस्या देखिएको हो । अमृतको उपचारमा रु ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ । बागलुङवासी गायक शर्माको छोरा बचाउन जिल्लामा सहयोग अभियानसञ्चालन गरिएको छ । यसै क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बागलुङ शाखाले रु ५१ हजार सङ्कलन गरी शर्मालाई हस्तान्तरण गरेको छ ।