को हुन् प्रहरीले छापा मार्दा ट्वाइलेटमा लुक्ने भीआईपी जुवाडे

२०७६ कार्तिक ११, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खालमा प्रहरीको छापा प्रकरणमा नयाँनयाँ समाचारहरु बाहिर आउने क्रम जारी छ ।

उक्त जुवा अखडामा प्रहरी छापा मार्न पुग्दा जुवाडेहरुको भागाभाग मच्चिएको थियो । कोही शौचालय त कोही पलङमुनि समेत लुकेका थिए । त्यहाँ अप्रेशन गर्दा प्रहरीले ठूलै चुनौती भोग्नुपर्यो’ अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ‘प्रहरी आएको थाहा पाएपछि बिटुमिन व्यापारी पवन अग्रवालचाहिँ शौचालयभित्र लुकेको पाइयो । भित्रबाट चुकुल लगाएको पाएपछि प्रहरीले निकै सास्ती बेहोरेर नियन्त्रणमा लिनु परेको थियो ।’

अग्रवाल हुण्डी व्यपारी समेत भएको बुझिएको छ । भीआईपी जुवाडेका नामले चिनिने उक्त प्रकरणमा २५ जना जुवाडेसहित २ करोड ६७ लाख नगद समेत प्रहरीले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार