बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

Read more …

२०७६ कार्तिक ११, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन – बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी १ का ३० वर्षीय अनिल अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ५५ प २१३१ नम्बरको मोटरसाइकल खैरहनी ८ पर्सा बजारमा गए राति ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय