हुतिहारा नबनी प्रदेशको नाम कोशी राख्‍नुस्

२०७६ कार्तिक ९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इटहरी – नेकपा नेता माधवकुमार नेपालले प्रदेशहरुले आफ्नो नाम तोक्न नसकेकोमा हुत्तिहाराको संज्ञा दिएका छन्। प्रदेश गठन भएको लामो समय बितिसक्दा समेत नाम राख्न नसकेकोमा असन्तुष्ट व्यक्त गर्दै छिटै नाम तोक्न आग्रह गरेका हुन्।

नेकपा इटहरी उपमहानगरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले तत्काल नाम तोक्नसम्म नसकेको भन्दै प्रदेश सरकारसँग रोष प्रकट गरे। ‘कति दिनसम्म अङ्कले सम्बोधन गर्नु, कोशी नाम राखेर अघि बढ्नुहोस’ नेपालले भने, ‘सामान्य नाम तोक्न पनि हुत्तिहारा नबन्नुहोस्।’

प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन गत असोज पहिलो साता देखि अन्त्य भएको थियो। सो अधिवेशनबाट पनि प्रदेशसभाको मुख्य कामको रूपमा रहेको प्रदेशको नामकरण हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार