
काठमाडौं- बिहीवार पक्राउ परेका चर्चित र्यापर समिर घिसिङ ‘भीटेन’ लाई एक वर्ष कैद हुन सक्ने जनाइएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार ‘अभद्र व्यवहार’मा उनीमाथि एक वर्ष कैद हुन सक्ने बताएका हुन् ।

यद्यपि उनीविरुद्धको मुद्दा भने सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गर्नेछ ।
गीतमा भएका शब्द र प्रहरीलाई उनले डन्ठे शब्दको प्रयोग गरेका छन् ।
यस्तो छ ‘हामी यस्तै त हो नि ब्रो’ गीतको एउटा अंश
अस्पताल गएको थिएँ अस्ति पट्यादिए मैले नर्सलाई
च्यप्प समातेर हानिदिए मैले त्यो नर्सको घाँटीमै लभ बाइट
यतिकैमा समाउन आयो हवल्दार
बाल छैन, बाल अहिले म त झ्याप
चौकी छिर्या डिएसपीलाई दिए अटोग्राफ
त्यो देख्दा डन्ठेहरु सबलाई आयो हार्ट अट्याक