सोम धितालले गरे ‘सक्किगो नि’ बिरुद्द प्रहरीमा उजुरी दर्ता !

२०७६ कार्तिक ३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ ।

मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पात्र हुबहु प्रयोग नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् ।

धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी परेसँगै प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ ।

यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ सुरुवात गरेको थियो ।

जे.पि.टी क्रियसन मार्फत निर्माण भएको टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको रहेको छ । भद्रगोलमा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए ।

भद्रगोलबाट पाँडे र जिग्रीसहित एक दर्जनबढी बाहिरिएर सक्किगो नि सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय