
काठमान्डौ – कांग्रेस नेता तथा सांसद गगन थापाले अपराध गर्ने जो-सुकैले पनि दण्ड भोग्नु पर्ने बताएका छन्।
सामाजिक संजाल फेसबुक मार्फत गगन थापाले यस्तो बताएका हुन्। अपराध गर्ने व्यक्ति जोसुकै भएपनि, अपराध जहाँ भएपनि, अपराध जहिले भएतापनि, अपराध गर्ने व्यक्ति जुन ओहोदामा पुगेता अनि कारवाही हुनुपर्ने उनको बुझाइ छ।

“जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ।”,थापाले फेसबुकमा लेखेका छन्।
दोषीको छिनोफानो न्यायालयले गर्ने हुँदा निष्पक्ष छानबिनका लागि सबैले सहयोग गर्नुपर्ने पनि थापाले उल्लेख गरेका छन्। “दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो।”,थापाले लेखेका छन्।
साथै थापाले अपराध गर्ने जो-सुकैले पनि दण्ड भोग्नु पूरै कांग्रेसको धारणा रहेको पनि स्पष्ट पारेका छन्। देउवाले दिएको विवादित अभिव्यक्ति प्रति लक्ष्य गर्दै थापाले प्रकाशमा आएका अन्य अभिव्यक्तिहरु व्यक्तिगत हुन जाने पनि उल्लेख गरेका छन्।
“१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यतिबेला के हेरेर बसेको ?” भन्दै शुक्रबार देउवाले भक्तपुरमा दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै थापाले अन्य अभिव्यक्तिहरु व्यक्तिगत हुन जाने स्पष्ट पारेका हुन्।