मोरङमा धुमधामसँग अन्माइयो बुहारीलाई

२०७६ कार्तिक १, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ –  परिवारका सदस्यले आफ्नो छोराको निधन भएपछि एकल जीवन बिताउदै आएकी बुहारीको बिहे गरिदिएका छन् ।

मोरङको केराबारी- ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले छोरो गुमाएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेलको आफ्नै घरबाट विवाह गरिदिएका हुन् ।

गत २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल भएकी सुनिताको परिवारले आफन्त र गाउँका अन्य व्यक्तिको उपस्थितिमा झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग बिहिबार विवाह गरिदिएका हुन ।

कुवेरप्रसादले २०६५ सालमा बुहारी बनाएर भित्र्याएकी बुहारी एक्ली भएपछि उनको भविष्यको चिन्ताले परिवारको सल्लाहमा विवाह गरिदिएको परिवारका सदस्यले बताएका छन्।

१३ वर्षीया छोरी सहित विराटनगरमा बस्दै आएकी सुनिताको आफ्नो रितीरिवाज अनुसार पुन विवाह भएपछि स्थानीय र आफन्तले कुवेरप्रसादको परिवारले गरेको निर्णयको प्रसंशा गरेका छन् ।

विवाहमा जनप्रतिनिधी तथा स्थानीय नेताहरुको समेत सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार